मानिस जनाउने शब्द
भाइ, दाइ, नाति, दाजु जस्ता सामान्य पुरुषवाचक शब्द प्रायः ह्रस्व हुन्छन्। भाउजू, नातिनी, सासू, दिदी जस्ता सामान्य स्त्रीवाचक शब्द प्रायः दीर्घ हुन्छन्।
खुला लिपि
KHULA LIPI
नेपालका सबै भाषाहरूका लागि एउटै थलो

Nepali grammar and spelling का आधारभूत कुरा—ह्रस्व–दीर्घ, शब्दका स्रोत र मानक लेखन—सरल उदाहरण र अभ्यासबाट सिक्नुहोस्।
नेपाली भाषा, अझ शुद्ध नेपाली भाषा भन्नेबित्तिकै हामीमध्ये धेरैलाई तनाव हुन्छ। अझ विशेषगरी नयाँ पुस्ताका लागि त नेपाली एकदमै गाह्रो विषयजस्तो लाग्छ—भलै यो हाम्रो मातृभाषा नै किन नहोस्।
ह्रस्व, दीर्घ, समास, विभक्ति—के के हो के के! तर शुद्ध नेपाली लेख्न त्यति गाह्रो पनि छैन। कम्तीमा अहिले लेखिरहनुभएकोभन्दा अझ राम्रो र शुद्ध नेपाली लेख्न तपाईंले धेरै नियम कण्ठ पारिरहनु पर्दैन। केही आधारभूत ढाँचाहरू मात्र बुझ्नुभयो भने पनि तपाईं सजिलैसँग आफ्नो लेखाइ सुधार्न सक्नुहुन्छ।
नेपाली कसरी शुद्ध र मानक रूपमा लेख्ने भन्ने विषयमा थुप्रै सामग्री उपलब्ध छन्। तर तीमध्ये धेरैजसो सामग्री आकर्षक र सरल ढङ्गले प्रस्तुत गरिएका छैनन्। त्यसैले मैले यहाँ तिनै सामग्रीको सारलाई सरल, आकर्षक र अन्तरक्रियात्मक ढङ्गले प्रस्तुत गरेको छु।
यी कुराहरू दैनिक लेखाइमा उतार्न थाल्नुभयो भने तपाईंको नेपाली आफैँ निखारिँदै जानेछ।
०१ · परिचय
नेपाली भाषाको सबैभन्दा ठूलो हाउगुजी नै शायद ‘ह्रस्व-दीर्घ’ होला। कुन शब्द ह्रस्व लेख्ने र कुन दीर्घ—धेरैलाई यहीँ अलमल हुन्छ।
शब्दकोशका सबै शब्दलाई समेट्ने एउटै जादुयी नियम त छैन; तर दैनिक प्रयोगमा आउने शब्दहरूका केही उपयोगी ढाँचा अभ्यासबाट चिन्न सकिन्छ।
आउनुहोस्, पहिले एउटा सानो खेल खेलौँ!
शुद्ध वर्णविन्यास भएको शब्द कुन हो?
अब नियम बुझौँ
भाइ, दाइ, नाति, दाजु जस्ता सामान्य पुरुषवाचक शब्द प्रायः ह्रस्व हुन्छन्। भाउजू, नातिनी, सासू, दिदी जस्ता सामान्य स्त्रीवाचक शब्द प्रायः दीर्घ हुन्छन्।
दाज्यू जस्ता ‘ज्यू/जी’ मा टुङ्गिने आदरका शब्द दीर्घ हुन्छन्। तिमी, हामी, उनी, आफू जस्ता सर्वनामको अन्तिम इ/उ पनि दीर्घ हुन्छ।
घिउ, आलु जस्ता ‘उ’ मा टुङ्गिने निर्जीव वस्तु प्रायः ह्रस्व हुन्छन्। तर गाई र गाउँ का अन्तिम मात्रा दीर्घ हुन्छन्—यी दुईलाई उदाहरणकै रूपमा सम्झनुहोस्।
हिँड्नु, बोल्नु, पढाइ मा ‘नु/आइ’ ह्रस्व हुन्छ। माथि, मुनि, अघि, पछि जस्ता नबदलिने शब्दका अन्तिम इ/उ सामान्यतः ह्रस्व हुन्छन्।
छिटो सम्झिने उपाय
पहिले शब्दले मानिस, वस्तु, सर्वनाम, आदर वा नबदलिने शब्द मध्ये के जनाउँछ हेर्नुहोस्।
स्त्रीवाचक: दिदी, नातिनी, भाउजू
सर्वनाम: तिमी, हामी, उनी
आदर: दाज्यू, गुरुजी
पुरुषवाचक: भाइ, दाइ, नाति, दाजु
वस्तु: घिउ, आलु
नबदलिने: माथि, मुनि, अघि
पाठ ०१ · चित्रबाट अझ बुझौँ
हेर्दा उस्तै लागे पनि इ/ई वा उ/ऊ फेरिँदा शब्दले अर्कै कुरा भन्न सक्छ।
चराको अण्डा
कुखुराले फुल पार्यो।फुल्ने बिरुवाको रङ्गीन भाग
बगैँचामा फूल फुल्यो।बिहानदेखि साँझसम्मको समय
आजको दिन रमाइलो भयो।असहाय वा दुःखी
उनले दीन मानिसलाई सघाए।कुनै दिशातर्फ
ऊ घरतिर गयो।धनुषबाट हानिने वस्तु
धनुषमा तीर चढाइयो।निदाउने काम गर
अब समयमै सुत।धागो भन्ने संस्कृत मूलको शब्द
सूतबाट कपडा बुनिन्थ्यो।दूध दिने घरपालुवा जनावर
गाई गोठमा छ।गाउने काम गर
एउटा गीत गाइदेऊ।