ह्रस्व–दीर्घ, जोडेर वा छुट्ट्याएर लेख्ने र खुट्टा काट्नेबारे अलमलिएको डाँफे

शुद्ध नेपालीसँग अब डराउनु पर्दैन

Nepali grammar and spelling का आधारभूत कुरा—ह्रस्व–दीर्घ, शब्दका स्रोत र मानक लेखन—सरल उदाहरण र अभ्यासबाट सिक्नुहोस्।

नेपाली भाषा, अझ शुद्ध नेपाली भाषा भन्नेबित्तिकै हामीमध्ये धेरैलाई तनाव हुन्छ। अझ विशेषगरी नयाँ पुस्ताका लागि त नेपाली एकदमै गाह्रो विषयजस्तो लाग्छ—भलै यो हाम्रो मातृभाषा नै किन नहोस्।

ह्रस्व, दीर्घ, समास, विभक्ति—के के हो के के! तर शुद्ध नेपाली लेख्न त्यति गाह्रो पनि छैन। कम्तीमा अहिले लेखिरहनुभएकोभन्दा अझ राम्रो र शुद्ध नेपाली लेख्न तपाईंले धेरै नियम कण्ठ पारिरहनु पर्दैन। केही आधारभूत ढाँचाहरू मात्र बुझ्नुभयो भने पनि तपाईं सजिलैसँग आफ्नो लेखाइ सुधार्न सक्नुहुन्छ।

नेपाली कसरी शुद्ध र मानक रूपमा लेख्ने भन्ने विषयमा थुप्रै सामग्री उपलब्ध छन्। तर तीमध्ये धेरैजसो सामग्री आकर्षक र सरल ढङ्गले प्रस्तुत गरिएका छैनन्। त्यसैले मैले यहाँ तिनै सामग्रीको सारलाई सरल, आकर्षक र अन्तरक्रियात्मक ढङ्गले प्रस्तुत गरेको छु।

यी कुराहरू दैनिक लेखाइमा उतार्न थाल्नुभयो भने तपाईंको नेपाली आफैँ निखारिँदै जानेछ।

अर्को पाठ: नेपाली वर्णविन्यास क्विज