नेपाली उखान
एउटा झुट ढाक्न सय झुट बोल्नु पर्छ
अर्थ
सुरुमा बोलेको एउटा सानो झूटलाई लुकाउन र जोगाउन पछि अनेकौँ झूटहरू थप्दै जानुपर्छ।
प्रयोग
सधैँ सत्य बोल्नुपर्छ, एउटा झुट ढाक्न सय झुट बोल्दा झन् फसिन्छ।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
One lie needs seven lies to wait upon it.
